रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त, बाहिरिए पराजुली

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको  कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कम्पनीका डीसीईओ निराजन कँडेल नियुक्त भएका छन् । सीईओ प्रविणरमण पराजूलीले राजीनामा दिएसँगै उनलाई कामु सीईओ नियुक्त गरिएको हो ।

पराजुलीको चार वर्षे कार्यकाल पुस १२ गते पूरा भएको हो । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कँडेललाई नियुक्त गरेको जनाएको छ  उनीसँग आर्थिक क्षेत्रमा काम गरेको डेढ दशक लामो अनुभव छ । 

Advertisement

कँडेलले रिलायन्स लाइफमा आवद्ध हुनुभन्दा पहिला बैंकिंङ क्षेत्रमा १२ वर्ष काम गरेका थिए । उनले स्टयाण्डर्ड चार्टर्ड बैंकमा आठ बर्ष काम गरे भने सिटिजन्स बैंक र सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । 

कँडेलले बैंक वित्तिय संस्थासँग सम्बन्धित विभिन्न तालिम समेत दिने गरेका छन् भने नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई)का प्रशिक्षक समेत रहेका छन् । उनले व्यवस्थापनमा स्नाकोत्तर गरेका छन् ।

गत शुक्रबार सम्पन्न कम्पनीको संचालक समितिले कँडेललाई कामु सीईओ नियुक्त गरेको कम्पनी सचिव मुना पौडेलले जानकारी दिइन ।

Advertisement

Advertisement