रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्दै, उद्घाटनमा विभिन्न अफरहरु उपलब्ध

Advertisement

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौं स्थित सिटिसि मलमा खोल्दैछ । रियलमलिे आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ । 

डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् ।

Advertisement

उक्त अवसरमा २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट र निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर दिइने कम्पनीले जनाएको छ । 

यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलको पाँचौँं तल्लामा रहेको छ । 

इन्ट्री–लेभल स्मार्टफोनहरु देखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्य सहितको सूचि यहाँ दिइएको छ ।
 

Advertisement

Advertisement