'हाम्रा अर्थशास्त्री तरलता संकटले अर्थतन्त्र तहसनहस भयो भन्छन्, तर समाधान दिन सक्दैनन्'

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । 

उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताएका छन् । 

Advertisement

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूल्य वृद्धिसमेत बढ्ने गरेको बताउँदै अहिले बैंकहरुले विगतमा उद्यागीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिन समेत नसक्ने अवस्था रहेको बताए । 

उनले नेपाली बैंकहरुमा २–४ अर्ब पैसा भए पनि कहाँ राखौं हुँदोरहेछ भने २–४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताए । श्रेष्ठले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताए । 

यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र  सहज बनाउने गरेको श्रेष्ठको भनाई छ । उनले भने, ‘पछिल्लो समय वित्तीय प्रणालीमा आएको तरलता अभावको कारण उद्योगी व्यवसायीले काम गर्ने नसक्ने स्थितिमा पुगेका छौं । नेपाली बैंकको अवस्था पछिल्लो समय बैंकहरुमा २–४ अर्ब पैसा भए कहाँ लगेर राखौं राखौं हुँदोरहेछ भने २–४ अर्ब पैसा नभए कहाँबाट ल्याउँ हुने अवस्थामा पुगेका छन् ।’

बैंकलाई बलियो बनाउने काम नियमन निकाय राष्ट्र बैंकले धेरै काम गरिरहेको भन्दै उपाध्यक्ष श्रेष्ठले तरलताको कारण विदेशबाट भन्सारमा आएको सामानमा समेत समस्या रहेको बताए । नेपालमा भारतबाट दैनिक २५ सय ट्रक सामान आउने गरेको छ । त्यो पनि आधाभन्दा बढी उधारोमा आउने गर्दछ । यसले गर्दा मुलुकको आपूर्तिलाई चलायमान र सहज बनाउने काम गरेको उनको तर्क छ । 

श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नुपर्ने व्यवस्था गर्नु गलत भएको बताए । उनले तरलता अभावको कारण बैंकमा पैसा छैन् भन्दै उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्नु नसक्ने बताए । 

उनले भने, ‘अहिले नेपाली उद्योगको लागि विदेशबाट कच्चा पदार्थ माग गरिएका हुन्छन् । तर पैसा दिन ढिला भयो । आयातकर्ताले पनि सामान बिक्रीको लागि माग ग¥यो । अब अर्को मगाउनको लागि व्यवसासीलाई सत प्रतिशत बैंकमा पैसा जम्मा गर्नु राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो तरलता चरम अभावको अवस्थामा उद्योगीले कहाँबाट पैसा ल्याउने ?’

उद्योगीहरुले पनि बजारमा सामान उधारोमा दिने र यसरी व्यापारीलाई सामान दिएर उपभोक्ताले किने पछि मात्रै पैसा उद्योगीकोमा आउने बताउँदै श्रेष्ठले यस्तो निर्णयले सरकारले पाउनुपर्ने राजश्वमा कमी तथा उद्योगका कर्मचारीलाई तलब खुवाउन समेत समस्या हुने गरेको बताए । 

यसरी राष्ट्र बैंकले सत प्रतिशत मार्जिन जम्मा गर्नुपर्ने नीतिले अझ व्यवसाय चल्न नसक्ने अवस्थामा हुने बताए । यो लामो समयको लागि नहोस भनेर व्यवसायीहरुले विरोध नगरेको उनको भनाई छ । श्रेष्ठले राष्ट्र बैंकको निर्णय हचुवाको भरमा आएको बताए । 

उनले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए । अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने श्रेष्ठले बताए । त्यस्तै सरकारले लक्ष्यभन्दा दोब्बर राजश्व उठाउने लक्ष्य पनि पूरा नहुने उनले बताए । श्रेष्ठले सरकारले निजी क्षेत्रका सरोकारवाला निकायसँग तथा योजना आयोगसँगको समन्वय विना योजना बनाउँदा अहिलेको अवस्था आएको बताए । 

उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारले बजेट खर्च राम्रोसँग समयमा नै खर्च गरे ५ प्रतिशतसम्म आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्छ । तर अहिलको यस्तो अवस्थाले मुस्किल छ । सरकारले चााहेर काम गरे ७ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउन नसक्ने होइन । तर राज्यसँग मुलुकको कर उठ्ने यकिन तथ्याङ्क लगायत अन्य तथ्याङ्क नै नभएकोले यसको अध्ययन गर्न जरुरी छ । सरकारले आर्थिक नीति बनाउँदा योजना आयोग तथा निजी क्षेत्रसँग कुनै समन्वय नगरेकोले यो समस्या आएको हो । नेपालमा आर्थिक क्षेत्रमा अहिलेसम्म अवैतनिक रुपमा निर्वाचित भएर काम गरेको छ । तर सरकारले निजी क्षेत्रलाई सधै काम मात्रै गराएको छ । केही दिएको छैन् । त्यसैले सरकारले उद्योग व्यवसाय सञ्चालन गर्ने उपयुक्त बातावरण बनाउनको लागि निजी क्षेत्रमैत्री नीति बनाउन जरुरी छ ।’

उपाध्यक्ष श्रेष्ठले अहिलेको मुलुकको अर्थतन्त्र अर्थशास्त्रीहरुले भने जस्तो नभएको बताए । उनले कोरोना महामारीपछि सबै उद्योगी व्यवसायहरु पूर्णरुपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान नै रहेको तर, बजारमा तरलता लगायतका समस्या रहेको बताए । उनले अर्थविद्हरुले पनि अर्थतन्त्र तहसनहस भयो, बजारमा तरलता अभाव भयो भन्ने तर यो के कारणले भयो ? यसको समाधानको उपाय नदिने गरेको बताए । श्रेष्ठले अहिले सबैमा काम गर्ने मनोवल बढ्दा पैसा आवश्यकता भएको बताए । उनले विकास निर्माणको काम पनि राम्रो भएकाले मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नपुगेको बताए । उनले यो बेला भनेको बैंक तथा उद्योगीहरु समेत बच्नुपर्ने अवस्था हो भन्दै तर बैंकहरु भने अलि बढी महत्वकांक्षी भएको आरोप लगाए । 

Advertisement

Advertisement