शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल उड एक्स्पो हुँदै

Advertisement

काठमाडौँ । नेपाल उड इन्टरनेशन एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निच एण्ड डेकोर इन्टरनेशनल एक्स्पो पुस २३, २४ र २५ गते काठमाडौँको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । 

उक्त एक्स्पोमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका स्टल रहने छन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने छन् । 

Advertisement

यस अन्तराष्ट्रिय प्रदर्शनीमा उडवर्किङ एण्ड फर्निचर म्यानुफ्क्चरिङ एण्ड मेसिनरिज, पावर टुल्स, प्लेउड, डोर एण्ड वीन्डोज, फिटिङ्स, उड एक्सेसरिज, र मेटेरियलस्, इन्टेरियर डिजाइन, होम डेकोर, होम फर्निचर, अफिस फर्निचर तथा फिनिस्ड प्रोडक्टहरुको प्रदर्शनी हुनेछ । 

यस सातौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने जनाइएको छ ।
 

Advertisement

Advertisement