नारायणहिटी राजदरबारभित्र बतासले बनाएको रेष्टुरेन्ट भत्काउन १२ कामदार परिचालन

Advertisement

काठमाडौं । नारयाणहिटी दरबार संग्रहालयभित्र बतास कम्पनीले बनाएको रेष्टुरेन्ट तथा क्यान्टिनको संरचना भत्काउन सुरु भएको छ । उक्त संरचना भत्काउन १२ जना कामदार परिचालन भएको पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

ऐतिहासिक दरबारभित्र रेष्टुरेन्ट बनाउन दिइएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले उक्त संरचना निर्माणको काम रोक्ने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनसँगै बतासलाई रेष्टुरेन्ट बनाउने काम रोक्न लगाएको नारायणहिटी दरबार संग्रहालय विकास समितिले शुक्रबार बिहानबाट उक्त संरचना भत्काउन सुरु गरेको हो ।

Advertisement

हालसम्म जस्तापाता, वरिपरिको पर्खाल र तार जालीको बार गरी अधिकांश संरचना भत्काइएको छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको पालामा तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले ऐतिहासिक स्थलमा विवादास्पद व्यापारिक समूहलाई रेष्टुरेन्ट चलाउन अनुमति दिएको भन्दै विरोध भइरहेको छ । 
 

Advertisement

Advertisement