आयल निगममा कार्यकारी निर्देशकको आवेदन खुल्यो, के-के चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि नयाँ कार्यकारीको खोजी शुरु भएको छ । यसैक्रममा कार्यकारी निर्देशक छनौट समितिले आज सार्वजनिक सूचना जारी गरी २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । 

२०७५ साल पुस २२ गते कार्यकारी निर्देशक नियुक्त भएका पौडेलको तीन वर्षे कार्यकाल सकिएको हो । निगममा पौडेल खुला प्रतिष्पर्धाबाट पहिलोपटक उक्त पदमा नियुक्त भएका थिए ।  

Advertisement

के–के चाहिन्छ योग्यता ? 

निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । आवेदन दिंदा पाँच हजार रुपियाँ दस्तुर तोकिएको छ । 

Advertisement

Advertisement