अर्थमन्त्रीलाई असफल बनाउन गभर्नर लागेः मोदी, गलत प्रचार गरियोः गभर्नर

Advertisement

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको गम्भीर आरोप लगाएका छन् । 

सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उदृत गर्दै अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेका आरोप लगाएका हुन् । 

Advertisement

आइतबार सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गरे । मोदीले भने, ठूला बडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ, त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचार माध्यमबाट समाचार पनि आउने गरेका छन । तपाईंहरुको टयूनिङ पनि मिलिराखेको छैन् । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि सुनिराख्या छौं ।’

अर्थमन्त्री र गभर्नरको ट्यूनिङ नमिलेको राजनीतिक दृष्टिकोणले पनि हो कि के हो ? भन्दै मोदीले पहुँचवालालाई बैंकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको दावी गरे ।जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाई गलत भएको बताए । उनले व्यूरोक्र्याटहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क गर्दै उनले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताए । 

अधिकारीले भने, ‘माननीय मोदीजीले उठाउनु भएको थियो–अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदि इत्यादि केही हो कि ? भनेर । म त्यसमा चाहीं निवेदन गर्न चाहन्छु हामी व्यूरोक्र्याटहरु, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरुले कहिल्यै पनि त्यस्तो खालको सोचाई राख्दैनौं । कहिले काहीं आउँछ मिडियाकर्मीहरुले लेखेको पनि देख्छौं । तर त्यस्तो कहीं पनि हुँदैन । र संस्थालाई कसरी हुन्छ, सिष्टमलाई कसरी हुन्छ, आफ्नो पोलिसीहरुलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो । हामीले समग्र सिष्टमलाई अगाडि बढाउनका लागि गरिएका कामहरुको सही किसिमले बताउन नसकेर पनि होला । तर त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन ।’

Advertisement

Advertisement