वाणिज्य बैंकहरुमा ह्वात्तै बढ्यो निक्षेप, कर्जा ८ अर्बले बढ्दा निक्षेप ५९ अर्ब थपियो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुको कूल निक्षेप पछिल्लो सात दिनमा ५९ अर्ब रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रहेको कूल निक्षेप पुस २३ गतेसम्म आइपुग्दा ४३ खर्ब ७ अर्ब रुपियाँ पुगेको हो । 

पुस २ गतेसम्म ४२ खर्ब ३९ अर्ब रहेको कूल निक्षेप पुस ९ गतेसम्म भने ४ अर्बले घटेर ४२ खर्ब ३५ अर्बमा झरेको थियो भने पुस १६ गते आई पुग्दा १४ अर्बले बढेर ४२ खर्ब ४९ अर्ब पुगेको थियो ।  मंसिर २९ गतेसम्म भने कूल निक्षेप ४२ खर्ब ३७ अर्ब थियो ।

Advertisement

त्यसैगरी कर्जा लगानी ८ अर्बले बढेको छ । पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रहेको कूल कर्जा लगानी पुस २३ गतेसम्म बढेर ४१ खर्ब ८ अर्ब पुगेको छ । 

पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रहेको कर्जा पुस १६ गतेसम्म आइपुग्दा बढेर ४० खर्ब ९९ अर्ब पुगेको थियो ।   पुस २ गतेसम्म ४० खर्ब ८५ अर्ब कर्जा लगानी थियो । त्यस्तै मंसिर २९ गतेसम्म भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४० खर्ब ८४ अर्ब रुपियाँ थियो ।  

एनबीएको तथ्याङ अनुसार पुस महिना शुरु भएपछि कूल निक्षेप ७० अर्बले बढ्दा कूल कर्जा लगानी २४ अर्बले बढेको देखिन्छ ।  

 

 

Advertisement

Advertisement