कोरोना संक्रमण बढ्न थाले पछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दियो ४ बुँदे निर्देशन

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण फैलँदै गएपछि स्वास्थ्य सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले आज क, ख, ग र घ वर्गमा बैंक तथा वित्तीय संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गरेको हो । 

Advertisement

उक्त निर्देशनमा प्रत्यक्ष सम्पर्कमा आउने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने, भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने, एटीएम बुथहरुको ढोला खुला राखी स्यानिटाइजरको व्यवस्था गर्न र बैठक, गोष्ठी, सेमिनार र तालिम जस्ता कार्यक्रममा भौतिक दूरी कायम गर्ने वा भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।  

Advertisement

Advertisement