स्पेनिस ला लिगाः स्पान्योललाई इल्चेको धक्का

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भयो ।

इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गरे । स्पान्योलका राउल डे टोमसले सान्त्वना गोल फर्काएका थिए । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा इल्चेले छैटौं मिनेटमा खाता खोलेको थियो । पेरे मिल्लाले टेले मोरेन्टेको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । पेरेले १४औं मिनेटमा जोहन मोजिकाको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै इल्चेको अग्रता दोब्बर बनाए ।

Advertisement

इल्चेको लगातार गोलपछि जोसिएको स्पान्योलले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काएको थियो । डिबक्स भित्र इल्चेका गोन्जालो भर्डुले फल खेलेपछि प्राप्त पेनाल्टीलार्ई राउल डे टोमसले सदुपयोग गरे ।

५३ प्रतिशत बल पोसेसन राखेको इल्चेले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो । स्पान्योलले दोस्रो हाफमा राम्रा अवसर बनाएपनि गोल गर्न नसक्दा हार खेप्यो । इल्चेका पेरे मिल्ला ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै इल्चेले रेलिगेसन रेखा छलेको छ । १६औं स्थानमा उक्लिएको इल्चेको २० खेलबाट १९ अंक छ । समान खेलबाट २६ अंक बनाएको स्पान्योल ११औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement