प्लाष्टिकका कारण हिमाली क्षेत्रमा बढ्दो प्रदुषण चुनौति बनेको छः वातावरणमन्त्री यादव

Advertisement

काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय यादवले विश्वव्यापी रूपमा प्लाष्टिकको कारण प्रदुषण बढ्दै गएको भन्दै त्यसको समाधानका लागि गम्भीर हुुुनुपर्ने बताएका छन् ।  

हिमाली क्षेत्रमा बढ्दो प्लाष्टिक प्रदुषणबारे जानकारी दिन मंगलबार आयोजित कार्यशाला गोष्ठीमा उनले भने, ‘हिमाल फोहर बनाउँदा त्यसको सिधा असर वातावरणमा पर्छ । यो ठूलो चुनौती हो । यसको समाधानका लागि हाम्रो प्रयास जारी छ । अब एक पटक मात्रै प्रयोग गर्ने प्याष्टिकलाई नियन्त्रण गरी हामीले हाम्रो वातावरण जोगाउन आवश्यक छ ।’

Advertisement

ग्रिल एण्ड स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कट्वालले साना व्यवसायीलाई अध्ययनको अवसर कम हुने र लगानी डुब्ने जोखिम धेरै हुने भन्दै सरकारले त्यस्तो जोखिमका लागि विकल्प दिनुपर्ने बताए । उनले भने, ‘व्यवसायीलाई उत्साहित र आत्मनिर्भर बनाउँदै स्वदेशमा उत्पादन हुने वस्तु उत्पादन गर्न तथा आयात गर्नुपर्ने वस्तुमा कर छुटको दायरा बढाउन जरूरी छ ।’

नेपाल पर्वतारोहण संघका संचालक समिति सदस्य संजिव गुरूङले प्लाष्टिकको पुनःप्रयोग आवश्यक रहेको बताए । उनले हिमालबाट उठ्ने राजस्व हिमाल सरसफाइका लागि नै खर्च गर्न आवश्यक रहेको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका डा. रविन्द्र ढकालले सबैतिर काठको ठेकी प्रयोग गर्न नसके पनि खाजाको पोकाको सही व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले प्लाष्टिकले बनेका खाजाको प्याकेट जताततै फाल्दा त्यसको असर हिमालसम्म पुग्छ । यो कुरामा सचेत हुनु जरूरी छ ।’ 

कार्यक्रमको आयोजना सिफेड, डोको, ब्लु वेस्ट टू भ्यालु, र आईपीइएनले गरेका हुन् । 

Advertisement

Advertisement