नारायणहिटी ठेक्का प्रकरणमा कारवाही सिफारिस भएका दाहालले राजीनामा दिए

Advertisement

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको बतास समूहलाई ठेक्कामा दिएको विषय विवादमा आएसँगै सरकारले बनाएको छानविन समितिले कारवाही गर्न सिफारिस गरेपछि दाहालले राजीनामा दिएका हुन् । 

Advertisement

उनले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री यागेश भट्टराईको मौखिम निर्देशनमा आफूले बतास समूहलाई ठेक्का दिएको बताएका थिए । नारायणहिटीभित्र रेष्टुरेन्ट सञ्चालन गर्न दिएको भन्दै चौतर्फी विरोध भएपछि समितिले ठेक्का दिइएको जग्गामा बनाइएको संरचना भत्काएको छ । 

Advertisement

Advertisement