भिभो नयाँ संस्करण भी२३ई सार्वजनिक हुँदै, स्टेलर क्यामरा सिस्टमसहित आउनसक्ने

Advertisement

काठमाडौं । विश्व परिचित स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ संस्करण भी२३ई चाँडै सार्वजनिक गर्ने भएको छ । स्टेलर क्यामरा सिस्टमसहित आउने अनुमान गरिएको यो फोन यही जनवरीको मध्येमा सार्वजनिक हुने कम्पनीको भनाई छ । 

स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँचयोग्य होस् भन्ने उद्देश्यले आफूले निरन्तर रुपमा काम गर्दै आएको भन्दै भिभोले यस ब्रान्डको भी सिरिज स्मार्टफोनहरु वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रुपमा रहँदै आएको बताएको छ । 

Advertisement

भिभोको विज्ञप्तिमा भनिएको छ, ‘डिजाइन तथा क्यामराको कार्य सम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोनहरु खरो उत्रिएका छन् । यसको श्रेय नयाँ तथा प्रयोगकर्तामैत्री प्रविधिहरु ल्याउँदा उपभोक्तालाई केन्द्रमा राख्ने भिभोको परिपाटीलाई जान्छ ।’ 

गहन बजार अनुसन्धान गर्ने, उपभोक्ताको स्मार्टफोनको आवश्यकता केलाउने तथा सबैका लागि उपयोगी हुने फोन बनाउने अभिभारा आफूले निर्वाह गर्दै आएको भन्दै भिभोले भी सिरिजको पछिल्लो संस्करण भिभो भी२३ई अब बजारमा आउन लागेको जनाएको छ । 

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आकलन गरिएको भन्दै उक्त ब्राण्डले यसको फ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेशन यात्राप्रतिको विश्वासलाई फेरि एक पटक सुनिश्चित गर्ने जनाएको छ । 

विज्ञप्तिमा थप भनिएको छ, ‘उपकरणले ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी सुविधालाई समर्थन गर्नेछ जसले उच्चगुणस्तरको स्पष्टर उज्यालो तस्वीरहरू उत्पादन गर्नेछ । यसमार्फत युवा पिंढीले कन्टेन्ट क्रियशन (सामग्री सिर्जना) भिडियो लगिङ तथा फोटोग्राफी जस्ता सिर्जनशील पेशामा लागून् भन्ने भिभोको उद्देश्य रहेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै यस संस्करणको फोनको मूल्य भर्खरै यस्ता पेशा शुरुवात गरेका उपभोक्ताले पनि खरिद गर्न सक्नेगरी निर्धारण गरिएको कम्पनीको भनाई छ । सोसल मिडियाको प्रवृत्ति तथा फेशनको सँगतमा हुर्के बढेका पिंढीका उपभोक्ताका लागि स्टाइलिश स्मार्टफोनको आवश्यकता रहेको तथ्य आफूले मनन् गरेको उसले जनाएको छ ।  

भिभो भी२३ईमा ब्रान्डले अत्याधुनिक प्राविधिक उन्नति मात्र समावेश नगरी उपभोक्ताले हेर्दा आनन्द महसुश गर्ने किसिमको आकर्षक बनाउन अत्याधुनिक डिजाइनलाई पनि आत्मसात् गरेको जनाइएको छ ।   

Advertisement

Advertisement