ध्वनीभन्दा पाँच गुणा बढी गतिको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी

Advertisement

एजेन्सी । उत्तर कोरियाले ध्वनीभन्दा पाँच गुणा बढी गतिको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दावी गरेको छ । उसले यसअघि पनि यस्तो क्षेप्यास्त्र परीक्षण गरिसकेको दावी गर्दै आएको छ ।

यति यो सत्य हो भने हाइपरसोनिक प्रविधिको क्षेप्यास्त्र विकास गर्ने उत्तर कोरिया विश्वको तेस्रो मुलुक हुनेछ । यसअघि अमेरिका र चीनले यस किसिमका अस्त्र विकास गरिसकेका छन् । ब्यालेष्टिक क्षेप्यास्त्रभन्दा कम उचाईबाटै तीब्र गतिमा गएर निशाना छेड्नसक्ने यो क्षेप्यास्त्रलाई निकै उन्नत अस्त्रको रुपमा हेरिन्छ । 

Advertisement

उत्तर कोरियाली नेता किम जङ अनको रोहबरमा यो क्षेप्यास्त्रको सफल परीक्षण गरिएको हो । उत्तर मुलुकको केसीएनए समाचार संस्थाले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण भएको समाचार सार्वजनिक गरेको थियो । 

मङ्गलवार समून्द्रतर्फ गरिएको क्षेप्यास्त्र प्रक्षेपणको दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए । क्षेप्यास्त्र परीक्षणपछि यता अमेरिका, बेलायत, फ्रान्सलगायत पश्चिमी राष्ट्रले प्योङयाङको आलोचना गरेका छन् । उनीहरुले यसलाई ‘अस्थिरता बढाउने कार्य’को रुपमा लिएका छन् । 

Advertisement

Advertisement