रिलायन्स लाइफको सीईओमा राकेश पोखरेल, तर बीमा समितिले स्वीकृत गर्न बाँकी

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरिसके पनि समितिले भने सो निर्णय स्वीकृत गर्न बाँकी छ । पोखरेल कर्पोरेट नेपासँग आफू रिलायान्स लाइफ जान तयार रहेको र  समितिको अन्तिम स्वीकृतिको पखाईमा रहेको बताए । 

Advertisement

उनी विगतमा आईएमई लाईफ इन्स्योरेन्समा कामु सीईओ, सूर्या लाइफमा डेपुटी सीईओसमेत भइसकेका छन् । पोखरेल चार्टर्ड एकाउन्टेन्ट हुन् । 

Advertisement

Advertisement