‘सामाजिक सञ्जालमा फोहोरी र अपशब्द लेख्ने, गालीगलौच गर्ने ९९ प्रतिशत एमाले नै देख्छु, किनहोला ?’

Advertisement

काठमाडौं । पूर्वसचिव एवं अभियन्ता भीम उपाध्यायले सामाजिक सञ्जालमा फोहरी लेख्ने, अपशब्द लेख्ने, गालीगलौच गर्ने, असभ्य अशिष्टमध्ये ९९ प्रतिशत एमाले हुने गरेको जिकिर गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले लेखेका छन्, ‘सोसल मिडियामा फोहरी लेख्ने, अपशब्द लेख्ने, गालीगलौच गर्ने, असभ्य अशिष्टमध्ये ९९ प्रतिशत एमाले नै देख्छु। किन होला ? गुरू गुनको चेला भएरै त होला !

Advertisement

यसअघि केपी ओली नेतृत्वको सरकारको पालामा सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै पक्राउ गरेपछि उनी एमाले र विशेषगरी देखि रुष्ट रहँदै आएका छन् । 

Advertisement

Advertisement