लाभांश पारित गर्न एशियन लाइफले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औँ वार्षिक साधारण सभा माघ २१ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । 

साधारण सभा प्रयोजनका लागि माघ १२ गते १ दिन बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव प्रकाशसिंह कठायतले बताए । 

Advertisement

उक्त वार्षिक साधारण सभाले आव २०७६/७७ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश(करसहित) पपारित गर्नेछ ।

 कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७ सय २७.४० रुपियाँ छ । 

Advertisement

Advertisement