क्रिकेट एक्सिलेन्स सेन्टर अब पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर

Advertisement

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर कार्यक्रममा बुधबार गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको बताउँदै तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्धन गर्दै आइरहेको र यसले देशभरबाट गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने उनको आशा छ । 

Advertisement

पूर्वकप्तान पारस खड्काले बजाज पल्सरले नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेको बताए । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यवसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यवसायिक करियरको लागि मार्गदर्शन गर्ने जनाइएको छ । यो सेन्टर ज्ञानेन्द्र मल्लले स्थापना गरेका हुन् । 

Advertisement

Advertisement