नेपाल आइडल सिजन ४ मा अब सेलपेबाटै भोट हाल्न मिल्ने सुविधा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि., नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । 

यस चर्चितका प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने छ । 

Advertisement

सेलपेबाट भोट गर्ने तरीका
-सेलपे एप्प गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट डाउनलोड गरी स्टल गर्ने
-सेलपेमा साइनअप गरी केवाईसी फिल गर्ने 
-केवाईसी अपडेट भएपछि आफ्नो बैंक खाता लिंक गर्ने अथवा वालेट लोड गरी भोट गर्ने 
-सेलपेबाट भोट गर्नका लागि सेलपेमा साइनइन गरी भोटिङ आइकनमा क्लिक गर्ने 
-आफूलाई मनपर्ने कन्टेष्टको प्राफाइलमा क्लिक गरी इच्छाएको भोट संख्या चयन गरी कन्फर्म भोटमा क्लिक गर्ने 
-पेमेन्ट अपशनमा आफ्नो लिंक गरिएको बैंक खाता वा वालेट चयन गरी पेमेन्ट कन्र्फम गरी ६ नम्बरको पिन टाइप गर्ने 
-भोटिङ सफल भएपछि भोटिङ सक्सेसफुल भनेर नोटिफिकेशन आउने छ 
-एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सकिन्छ ।

श्रृष्टिबाट भोट गर्ने तरीका
-श्रृष्टि एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट डाउनलोड गरी स्टल गर्ने
-गुगल वा फेसबुक आईकन क्लिक गरी साइन इन गर्ने
-साइन इन गरी होमपेजमा भएको नेपाल आईडल सिजन फोर ब्यानरमा क्लिक गर्ने 
-भोट नाउमा क्लिक गरी आफूलाई मन पर्ने कन्टेष्टेन्टको प्रोफाइलमा गएर इच्छाएको भोट संख्या चयन गरी कन्फर्म भोटमा क्लिक गर्ने 
-स्क्रिनमा सोधिएको आवश्यक विवरण भरी प्रोसिडमा क्लिक गर्ने 
-भोटिङ सफल भएपछि भोटिङ सक्सेसफुल भएको नोटिफिकेशन प्राप्त हुन्छ । 
-वाच ए मा हेरेर एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सकिन्छ । 

Advertisement

Advertisement