यती एअरलाईन्सको टिकटको भुक्तानी खल्तीबाट गर्दा ४ सय ५० रुपियाँ क्यासब्याक

काठमाडौँ । नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको छ ।

फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ । 

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११, २०२२ देखि लागु भई फेब्रुअरी १६, २०२२ सम्म जारी रहने कम्पनीले जनाएको छ । 

‘खल्ती’ सँगको सहकार्यमा यात्रुहरुका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए ।