श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सत्ताइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा आज सम्पन्न साधारण सभाबाट ११ प्रतिशत लाभांश वितरण (बोनस सेयर ७.७० प्रतिशत तथा नगद लाभांश ३.३० प्रतिशत) पारित भएको छ । 

Advertisement

कम्पनीका अध्यक्ष शशीराज पाण्डेले गत आवमा कम्पनीले निक्षेप ६ अर्ब २४ करोड रुपियाँ र कर्जा सापट ४ अर्ब ५८ करोड रुपियाँ पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद नाफा ११ करोड ४५ लाख रुपियाँ भएको जानकारी साधारण सभामा गराएका थिए । 

बोनस शेयर पारित भए पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजी ९५ करोड ८६ लाख ७५ हजार रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement