सेबोनको अध्यक्षका लागि १५ जनाले दिए आवेदन (नामावलीसहित)

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । 

छनोट समितिले दोस्रो पटक आवेदन माग गर्दा १५ जनाले निवेदन दिएका हुन् । यसअघि पहिलो पटक आवेदन माग गर्दा ११ जनाले आवेदन दिएका थिए । 

Advertisement

छनोट समितिमा बिवाद देखिएपछि पुनः आवेदन माग गरिएको थियो ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरिएपछि सेबोनको अध्यक्ष पद खाली छ । 

अध्यक्ष पदाका लागि निवेदक दिएकाहरुलाई अन्तर्वार्ताका लागि बोलाउने र छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रावधान छ । 

सेबोनको अध्यक्षका लागि आवेदकहरुः 
१. डा गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४. रमेश घिमिरे
५. चिरन्जिवी चापागाई
६. डा नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा जीवन अंगाई
१०. रमेश कुमार हमाल
११. सिताराम थपलिया
१२. डा. केशवप्रसाद श्रेष्ठ
१३. अनिलराज पौडेल
१४. निरज गिरी
१५. हेमन्त बस्याल

आवेदकहरु मध्ये पौडेल चितवनका हुन् । गिरी सेबोनका कार्यकारी निर्देशक, डा. अधिकारी बोर्डकै उपकार्यकारी निर्देशक  र चापागाईंले बीमा समितिका पूर्वअध्यक्ष हुन् । 

यसैगरी डा. भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक, थपलिया नेप्सेका पूर्व सीईओ, श्रेष्ठ शेयर लगानीकर्ता हुन् ।  त्यसैगरी जीवन अम्गाईं, हेमन्त बस्याल, रमेश हमाल र अम्बिका शर्मा लामिछाने, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएको श्रोतले जनाएको छ । 

Advertisement

Advertisement