‘लिपुलेकबारे मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्याभन्दा बढी हाम्रो सरकारको मौनता छ’

Advertisement

काठमाडौं । विवेकशील साझा पार्टीले नेपाली भूमि लिपुलेकसम्म सडक विस्तार गरेको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यो भन्दा बढी हाम्रो सरकारको मौनता रहेको बताएको छ । 

सो पार्टीले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारको मौनताको आलोचना गरेको हो । विवेकशील साझाले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ ।’

सो पार्टीले कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन् भन्दै तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने बताएको छ ।  

नेपाली भू–भागमा छिमेकीको मनपरी देशप्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन् भन्दै विवेकशील साझाले नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन आग्रह गरेको छ । 

Advertisement

Advertisement