फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

Advertisement

काठमाडौँ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ । 

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी-६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ । 

Advertisement

फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । डिजाइनर “फ्राङ्क ब्रुज“ ले नयाँ ट्वारेग–आरको डिजाइन गरेका छन् जसले औदी क्यु–७, पोर्श कयेन, बेन्त्ली बेन्ताइघा र ल्याम्बोर्गिनी युरुस बाट समान प्लेटफर्म र धेरै प्रविधिहरू साझा गर्दछ ।

ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी  हो जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो । नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरन गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो। २०१० मा बिक्री बितरन भएदेखि नै, ट्वारेग–आर एस्युभी सेग्मेन्तमा नयाँ बेन्चमार्क स्थापित गर्दै आएको छ । 


 

Advertisement

Advertisement