नबिल बैंकको एजीएमबाट ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पौडेल चयन

Advertisement

काठमाडौँ । नबिल बैंकको ३७औं वार्षिक साधारण सभा आज  अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।  सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८% लाभांश (३३.६०५ वोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

आव २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

Advertisement

उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो । 

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन पौडेललाई चयन गरेको छ । 
 

Advertisement

Advertisement