नेपालले पनि अफगानिस्तानलाई सहयोग गर्ने, सहयोग सामग्री लिएर नेपाली टोली काबुल जाँदै

Advertisement

काठमाडौँ । तालिवानले सत्ता कब्जा गरेसँगै मावनीय संकट व्यहोरिरहेको अफगानिस्थानलाई नेपालले पनि सहयोग सामग्री प्रदान गर्ने भएको छ । सहयोग सामग्रीसहितको जहाज आइतबार काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सहयोग सामग्रीमा औषधि, लत्ताकपडा र अन्य सामग्री हुनेछन् । दुई दशक लामो अमेरिकी नियन्त्रणपछि पुनः सत्तामा आएको तालिवानले परिस्थितिलाई नियन्त्रण र सामान्यीकरण गर्न नसक्दा अफगानिस्तानमा अस्थिरता उत्पन्न भएको छ । 

Advertisement

थुप्रै मुलुकबाट अफगानिस्थानलाई सहयोग गर्ने क्रम जारी रहेको बेला नेपालले पनि आफ्नो सदभाव देखाउन सहयोग सामग्री पठाउन लागेको हो । सहयोग सामग्री लिएर जाने जहाजमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ । 

पश्चिमा मुलुकहरुले तालिवानलाई दबाब दिन सहयोग खासै सहयोग नगरीरहेको बेला अन्य मुलुकले भने सहयोग गर्ने क्रम जारी राखेका छन् । नेपालले पठाएको सामग्री गरिने छ । 

Advertisement

Advertisement