नेपालबाटै अब विश्वभर सर्टस मुभी हेर्न सकिने, डिशहोमले सुरु गर्यो सर्टस टिभी

Advertisement

काठमाडौं । डिशहोमले सर्टस टिभीसँगको सहकार्यमा सर्टस मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्टस टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्टस टिभी शुभारम्भ गरेका हुन् । 

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्टस टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्टस मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्टस मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए । 

Advertisement

पछिल्लो समयमा सर्टस मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो । डिशहोमको च्यानल नं. ९२८ मा सर्टस मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्टस मुभी हेर्न सकिने छ । 

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्टस मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्टस मुभी पुर्याउनसमेत सहयोग पुग्ने डिशहोमको भनाई छ । 

Advertisement

Advertisement