वाणिज्य बैंकहरुको बिजनेशः पुस महिनामा ८७ अर्ब निक्षेप थपिंदा कर्जा ५९ अर्ब बढ्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुको कूल निक्षेप पुस महिनामा ८७ अर्ब रुपियाँले बढ्दा कूल कर्जा लगानी ५९ अर्ब रुपियाँले बढेको छ । 

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पुस २३ गतेसम्म ४३ खर्ब ७ अर्ब रुपियाँ रहेको कूल निक्षेप पुस ३० गतेसम्म आइपुग्दा १७ अर्ब रुपियाँले बढेर ४३ खर्ब २४ अर्ब पुगेको छ । 

Advertisement

मंसिर २९ गतेसम्म कूल निक्षेप ४२ खर्ब ३७ अर्ब थियो भने पुस २ गतेसम्म ४२ खर्ब ३९ अर्ब, पुस ९ गतेसम्म भने ४ अर्बले घटेर ४२ खर्ब ३५ अर्बमा झरेको थियो भने पुस १६ गते आई पुग्दा १४ अर्बले बढेर ४२ खर्ब ४९ अर्ब पुगेको थियो ।

त्यसैगरी कर्जा लगानी पुस २३ गतेसम्म ४१ खर्ब ८ अर्ब थियो भने पुस ३० गतेसम्म ३५ अर्बले बढेर ४१ खर्ब ४३ अर्ब पुगेको छ । मंसिर २९ गतेसम्म भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४० खर्ब ८४ अर्ब रुपियाँ थियो भने पुस २ गतेसम्म ४० खर्ब ८५ अर्ब कर्जा लगानी थियो । त्यस्तै पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रहेको कर्जा पुस १६ गतेसम्म आइपुग्दा बढेर ४० खर्ब ९९ अर्ब पुगेको थियो । 

Advertisement

Advertisement