नेविप्रा कर्मचारी संघको केन्द्रीय समितिलाई मान्यता नदिने श्रमको निर्णय कार्यान्वयन गरः घिसिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले आफ्नो कार्यालयभित्र रहेको नेपाली कांग्रेसनिकट कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको नयाँ केन्द्रीय समितिलाई मान्यता नदिने श्रम कार्यालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

प्राधिकरणको कार्यकारी निर्देशकस्तरबाट निर्णय गर्दै सोमबार उक्त संघलाई पत्र दिएर श्रमको निर्णय कार्यान्वयन गर्न भनिएको हो । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ छन् । 

Advertisement

पत्रमा संघको नयाँ केन्द्रीय समिति निर्वाचित भएको भनिएकाले आफूहरुले मान्यता दिएकोमा श्रम कार्यालयले मान्यता नदिन नसकिने भनेकाले त्यसको कार्यान्वयन गर्न आग्रह गरिएको छ । संघको गत कात्तिकमा सम्पन्न महाधिवेशनमा जनार्दन भट्टराईको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको बताइएको थियो । 

तर असन्तुष्ट पक्षले महाधिवेशनमा धाँधली गरिएको, नियमविपरित पदाधिकारी थप गरिएको, धम्की दिएर मतदातालाई आफ्नो पक्षमा मत हाल्न लगाइएको भन्दै श्रम कार्यालयमा उजुरी दिएको थियो । श्रम कार्यालयले त्यसको छानविन गरी प्रतिवेदन तयार गर्दै नियमविपरित नयाँ पदाधिकारी चयन गरेकाले नयाँ केन्द्रीय समितिलाई मान्यता दिन नसकिने निर्णय सुनाएको थियो । 

Advertisement

Advertisement