हामीले बिजुली बेच्न सकिएन भने भारत फेरि आणविक उर्जा उत्पादनमा लाग्छः बास्कोटा

Advertisement

काठमाडौं । पूर्वअर्थसचिव कृष्णहरि बास्केटाले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने एउटा महत्वपूर्ण माध्यम भारतसँग जलविद्युतको व्यापार पनि भएको बताउँदै हामीले बिजुली बेच्न नसके उसले आफ्नो अभाव पूर्तिका लागि आणविक उर्जा उत्पादनमा लाग्ने बताएका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भारतमा विद्युतमा उच्च माग हुन लागेको र त्यो माग पूर्तिका लागि विद्युत उत्पादन गरेर नेपाललगायतका छिमेकी मुलुकले दिन नसके ऊ आणविक उर्जा उत्पादनमा जानसक्ने बताए ।

Advertisement

बास्कोटाले भने, ‘अहिले राम्रो संभावना देखिएको भनेको जलविद्युतमा हो । जलविद्युत आयात निर्यातका लागि भारतसँग जुन एग्रिमेन्ट भएको छ, भारतलाई चाहिएको बेला नेपालबाट निकासी गर्ने, नेपाललाई चाहिएको बेला भारतबाट आयात गर्नसक्ने । अब हामीले जति पनि उत्पादन गर्न सक्छौं, त्यो भारतमा बेच्न सक्छौं ।’

भारतमा विजुली निर्यातको सहज संभावना छ ? भन्दा उनले ‘संभावना मज्जाले छ’ भने । बास्कोटाले थपे, ‘एउटा सर्भेले के देखाएको छ ? भने भारत यही औद्योगिकीकरणमा अघि बढेको छ कि अबको पाँच बर्षमा उसलाई २५ हजार मेगावाट विजुलीको अभाव हुने अनुमान छ । त्यही भएर नै जीएमआरले अपर कर्णाली र अपर मस्र्याङ्दीमा लगानी गरेको हो । त्यस्तै, सतलजले अरुण ३ मा लगानी गरेको हो । थ्री गर्जेजले पनि बुढीगण्डकी र पश्चिम सेतीमा लगानी गर्ने इच्छा देखाएको भारतमै लान सकिन्छ भनेर हो । त्यो भएकाले भारतलाई नबिच्क्याइकन उपयुक्त ढंगले काम गर्यौं भनेदेखि बिजुली निर्यात हुनसक्छ । होइन् भने हामीले जलविद्युत उत्पादन गरेर दिन सकेनौं भने उ आणविक उर्जा उत्पादनमा जानसक्छ । जलविद्युत नै चाहिन्छ भन्ने छैन् । हिजो कोइरालाबाट उर्जा उत्पादन गरिन्थ्यो । अहिले त नाइट्रोजन, हिलियम मिसाएर पनि उर्जा उत्पादन गर्न सकिन्छ । त्यो हाइकेटतर्फ जानुपूर्व नै हामीले बढी भएको उत्पादन निर्यात गर्नुपर्छ ।’

भारतले उत्पादन गरेको बिजुली सतप्रतिशन भारत निर्यात हुने गरेको उनले उदाहरण दिए । पूर्वसचिव बास्कोटाले भुटानको बिजुली अल्ली कम मूल्यमा भारत निर्यात हुने गरेको र भुटानको जलविद्युतमा भारत आफैले लगानी गरेको कुरा हामीले पनि हेर्नुपर्ने तर्क गरे । बास्कोटाले भने, ‘हामीले पनि भुटानबाट सिकेर उसकै मेथोडोलोजीमा भारतमा जलविद्युत बिक्री गर्यो भने राम्रो हुन्छ ।’

उनले भारतमा विद्युत व्यापार गर्ने एकद्धार प्रणाली रहेको र त्यो प्रणालीलाई चित्त बुझाउँदै नेपालबाट बिजुली निर्यात गर्न सक्नुपर्ने कुरामा जोड दिए । बास्कोटाले भारतसँग सब्स्टिच्युट एग्रिमेन्ट गरेर बंगलादेश र बंगलादेशबीच रहेको प्रसारणलाइनमार्फत बंगलादेशलाई पनि बिजुली बेच्न सक्यौं भने विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।

Advertisement

Advertisement