चार कम्पनीको १ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा १ करोड ८० लाख १४ हजार ३ सय ९१.६३१२ कित्ता शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक, एक विकास बैंक र दुई लघुवित्तको शेयर सोमबार र मंगलबार सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यसैक्रममा मेगा बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४.९५७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । 

Advertisement

त्यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले प्रदान गरेको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सोमबार नेप्सेमा सूचीकृत भएको छ । 

यता आरम्भ चौतारी लघुवित्तको २ लाख १ हजार ६ सय कित्ता साधारण शेयर आज नेप्सेमा सूचीकृत भएको छ । साविकको देउराली लघुवित्तलाई प्राप्ति गर्दा कायम हुन आएको उक्त शेयर सूचीकृत भएको हो । 

यसैबीच विन नेपाल लघुवित्तको ७ लाख २४ हजार ४ सय ६३ कित्ता साधारण शेयर आजै नेप्सेमा सूचीकृत भएको छ । साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त एकआपसमा मर्जर हुँदा कायम हुन आएको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

Advertisement