आज (माघ ५)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको ५ गते बुधबार, माघ कृष्णपक्षको द्वितीया तिथि । 

मेष 
मनमा हल्का दुविधात्मक विचारका क्रम आउने छ । समानान्तर विचार आइरहने हुँदा निर्णय क्षमतामा गिरावट गराउने छ । पेशागत जीवनमा अड्चनहरु देखिने छ । खर्च धेरै हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

Advertisement

वृष
पारीवारिक किचलो देखिने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा परिणाम निकै प्रतिफलदायी हुन जाने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने भएकाले संयमताको आवश्यकता देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
मनोबलमा कमि आउने हुनाले लक्ष्य प्रति बिचलन आउने छ । मनमा दुविधाले सताउने छ । आम्दानीमा गिरावट आउने छ । साझेदारीका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत प्रकृतिको अवस्थाबाट अघि बढ्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

कर्कट
शारीरिक चोटपटकको जोखिम रहेकाले संयमित रहनु होला । भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोषको आभाष हुने छैन् । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था भने आउने छैन् । शेयर बजारबाट लाभ हुने छैन् । 

सिंह
आँट र दृढतामा बृद्धि आउने छ । उच्च मनोबलका कारण  अरुको विश्वास आर्जन गर्न सकिने छ । तर, निर्णय क्षमतामा भने ह्रास आउने छ । प्रतिष्पर्धात्मक क्षमता उच्च रहने छ । पेशाप्रति समर्पित हुने स्वाभावका कारण प्रगति हुने छ । आर्थिक पक्ष भने औसत रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कन्या
व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । आत्माविश्वासमा पनि बृद्धि हुने छ । बोलीको प्रभाव भने घट्ने हुँदा बन्न खोजेका काममा पनि अवरोध आउने छ । आम्दानीमा सकारात्मकता आउने हुँदा उत्साह थपिने छ । शेयर बजारबाट धेरै अपेक्षा नराख्नु होला । 

तुला
सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । आत्माविश्वासी व्यक्तित्व हुने छ । मनमा भने कताकता खिन्नताले सताउने छ । साझेदारीमा गरेका कामहरुमा उल्झनहरु देखा पर्ने छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले राहत मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ । शेयर बजार सकारात्मक रहने छ ।

वृश्चिक
सुख सन्तोष प्राप्त हुने छ । पेशागत जीवन अनुकुल रहने छ । थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । अध्ययन अध्यापनमा मन जाने छ । बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु होला । शेयर बजार औसत रहने छ । 

धनु 
बाणिमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । परिवारको तपाईप्रति भरोसा बढ्ने छ । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले संयमित रही पाइला चाल्नु होला । शेयर कारोवारका विषयमा धेरै उत्साहि रहने बेला देखिँदैन् । 

मकर 
मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । वौद्धिक क्षमतामा बृद्धि हुने छ, अरुले कदर गर्ने छन् । मनमा सुख–शान्तिको आभाष हुने छ । पेशागत जीवन धेरै उत्कृष्ट नभए पनि धेरै कमजोर पनि बन्ने छैन् । पेशागत जीवनबाट मनमा सन्तुष्टि भने प्राप्त हुने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

कुम्भ 
पेशागत जीवनमा संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका काममा पनि बिबाद देखा पर्ने भएकाले सतर्क रहनु होला । दृढ खालको व्यक्तित्व बन्ने छ । तर अनेक विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पु¥याउनु होला । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मीन
लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर महशुस हुने छ । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । व्यावसायिक जीवन औसत खालको रहने छ । धेरै जोखिम भन्दा निरन्तरतालाई प्राथमिकतामा राख्दा उपयुक्त हुने देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement