कामना सेवा विकास बैंकले छ महिनामा कमायो ३४ करोड ३६ लाख नाफा

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आवको ६ महिनामा ३४ करोड ३६ लाख नाफा कमाएको छ । 

बैंकले मंगलबार दोश्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेसँगै उक्त परिमाणमा नाफा कमाएको देखिएको हो । बैंकले गत आव २०७७/७८ समीक्षा अवधिमा भने ३९ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

सार्वजनिक तथ्याङ्क अनुसार बैंकको प्रति सेयर आम्दानी २१ रुपियाँ ८७ पैसा, प्रतिसेयर नेटवर्थ १३३ रुपियाँ २ पैसा, स्प्रेडदर ४.१२ प्रतिशत छ भने आधार ब्याजदर ९.२७ प्रतिशत छ र खराब कर्जा १.७७ प्रतिशत रहेको सार्वजनिक वित्तीय विवरतणमा उल्लेख छ । 

बैंकको वितरण योग्य नाफा ९ करोड ६७ लाख रुपियाँ, खुद ब्याज आम्दानी ९० करोड रुपियाँ छ । निक्षेप ४४ अर्बबाट बढाएर ४७ अर्ब रुपियाँ पुर्याएकोे बैंकले कर्जा लगानी ३८ अर्बबाट बढाएर ४३ अर्ब रुपियाँ पुर्याएको उल्लेख छ । 

बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड रुपियाँ छ । 

Advertisement

Advertisement