कुनै हालतमा नेपाल लाइफको बोनस दर घट्दैन, घटे समिति जान्छौंः तिवारी

Advertisement

काठमाडौं । बीमितहरुलाई आकर्षक बोनस दिँदै आएको नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर फ्युचर बोनस प्रोभिजनले घट्ने अडकल गरिँदै आएको थियो । उक्त प्रोभिजनका कारण बोनस दर घटाउन नहुने भन्दै नेपाल लाइफका अभिकर्ताहरु बीमा समिति घेर्नसमेत पुगेका थिए । 

बोनस दर निर्धारणमा प्रायः पहिलो नम्बरमा रहँदै आएको यो कम्पनी यसपटक भने त्यो अग्रता कायम गर्न त्यति उत्साहित देखिएको छैन । फ्युचर बोनस प्रोभिजनले सबै बीमा कम्पनीको बोनस दरमा हेरफेर हुने जानकारी नियामक बीमा समितिले दिए पनि नेपाल लाइफ भने चुपचाप रहँदै आयो । 

Advertisement

तर नेपाल लाइफकै अभिकताहरू भने बोनस दरको विषयमा विभाजित भए । नेपाल लाइफमै कार्यरत समग्र अभिकर्ताहरुका नेता तथा पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी बोनस दर नघट्ने कुरामा ढुक्क देखिन्छन् । उनले कर्पोरेट नेपालसँग गरेको कुराकानी जस्ताको तस्तैः  

नेपाल लाइफ इन्स्योरेन्सभित्र एउटा यस्तो समूह परिचालित छ जसले सधैं संघलाई कमजोर बनाउनका लागि काम गरिरहन्छ । ती मान्छेहरू नेपाल लाइफको व्यवस्थापनसँग नजिकिने गर्छन् ।नेपाल लाइफको बारेमा बजारमा विभिन्न अफवाह आउनुमा पनि त्यही समूहको हात छ । भित्रीरूपमा मिलेमतो गर्दै २० वर्षदेखि बीमितको हकहितमा काम गर्दै आएको पेशागत अभिकर्ता संघलाई कमजोर बनाउनु उनीहरूको उद्देश्य हो । 

भोलि बीमित रहेनन भने अभिकर्ता पनि रहदैनन् । अहिले बीमा कम्पनीले बीमितलाई २० रूपियाँ बोनस दिएर बीमा बेचिरहेका छन् । ती कम्पनीलाई कसैले पनि नराम्रो भनेको छैन । बीमा गर्दा कम्पनीपिच्छे लाग्ने पैसा एउटै हो । तर यसमा बीमितले कति लाभ पाए ? भन्ने कुरा पनि मुख्य हुन्छ ।

अहिले एक लाख रूपियाँको बीमा गर्दा कसैले दुई हजार, कसैले पाँच हजार तथा कसैले सात हजार रूपियाँ प्रतिफल पाएका छन् । तर, बीमितलाई पर्न गएको असरका बारेमा नियामकले पनि हेरेको छैन् । नियामक निकायले पनि यसको बारेमा ध्यान पुर्याएको छैन । यही ठाउँमा २५ करोड लगानी गरेका मालिकले १० अर्ब खाइसके, तर २५ करोड लगानी गरेका जनताले ४० करोड रूपियाँको पनि प्रतिफल पाएका छैनन् । 

हिजो बोनस एक रूपियाँ पनि घटाउन सक्दिन भनेको कम्पनी आज किन घटाउन लागि परेको छ ? यो त गड्यौलालाई माछो फालेर पासो थाप्दै मार्न लाग्या जस्तो हो । बोनसको समस्या अहिलेको मात्रै नभई दुई दशकदेखि गुज्रिएको छ । बीमा समितिले बोनसमा केही पनि कडाइ गरेको छैन । कम्पनीले बीमा समितिमा गएर मिलेमतो गर्दै मनलाग्दी बोनस घोषणा गर्छन । हामीले त यही खराब भयो यसलाई रोक्नु पर्छ भनेका हौं ।

मुद्दती निक्षेपमा राखेको पैसा बाड्न पनि मनलाग्दी घट्बढ गराइएको हुन्छ । नेपाल लाइफको बोनस घट्यो भने बीमा समितिले हामी अभिकर्तालाई सही कारण बुझाउन जरूरी छ । दश जना मान्छे उफारेर तोडफोड गरेको जस्तो गरेर यथार्थ लुकाउन खोजिएको हो । बोनस घटाउने कुरा बीमा समिति र नेपाल लाइफको नचाहिँदो नाटकीय मेलमिलापको कुरा हो । 

दशकौं प्रशासन क्षेत्रमा काम गरेका बीमा समितिका अध्यक्षले बीमा क्षेत्रलाई मिलाएर लान जरूरी छ । व्यक्तिगत रूपमा मैले भन्नुपर्ने त केही पनि छैन् । तर नेपाल लाइफमा पछिल्लो समय भएका बोनसका गतिविधिले एउटा अन्तरक्रिया गर्न जरूरी भइसकेको छ । बोनस दर घटेमा हामी बीमा समितिसँग पनि छलफल गछौं । समिति र एक्चुरीले अभिकर्ताको चित्त बुझाउन जरूरी छ ।

Advertisement

Advertisement