पाँच महिनामा बैंक तथा वित्तीय संस्थाले बिस्तार गरे पाँच सय शाखा, लघुवित्तका सबैभन्दा बढी

Advertisement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको पाँच महिनामा पाँच सय शाखा बिस्तार गरेका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आव २०७७/७८ को असार मसान्तसम्म ती बैंक तथा वित्तीय संस्थाका १० हजार ६ सय ८३ शाखा थिए भने आव २०७८/७९ को मंसिर मसान्तसम्म आइपुग्दा ५०० शाखा बढाएर ११ हजार १ सय ८३ शाखाबाट वित्तीय सेवा प्रदान गरिरहेका छन् । 

Advertisement

यसमध्ये वाणिज्य बैंकहरुका शाखा ४८४७, विकास बैंकका शाखा १०५९, वित्त कम्पनीका शाखा २४८ र सबैभन्दा बढी लघुवित्त वित्तीय संस्थाका ५०२९ शाखाबाट वित्तीय सेवा प्रदान हुँदै आएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा बिस्तार भएका छन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १२९ रहेको छ । जसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । 
 

Advertisement

Advertisement