ओमिक्रोनले अमेरिकी आर्थिक वृद्धिमा सामान्य प्रभाब पर्ने तर कमजोर बन्दैन: अर्थमन्त्री एलेन

Advertisement

वासिङटन । कोरोनाभाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनले आगामी महिनाहरूमा अमेरिकी आर्थिक वृद्धिलाई सामान्य प्रभाब पारेपनि यसका कारण अमेरिकी अर्थतन्त्र कमजोर नबन्ने अर्थमन्त्री जेनेट एलेनले बताएकी छिन् ।

“ओमिक्रोनले अमेरिकी अर्थतन्त्रको तौल गर्नेछ तर यसलाई कमजोर गर्ने छैन,” विभिन्न शहरबाट वासिङ्टनमा भेला भएका नगरप्रमुखहरूसँगको छलफलपूर्व मन्त्री एलेनले बुधबार बताइन् ।

Advertisement

उनले भनिन्, “पक्कैपनि, ओमिक्रोनले एउटा चुनौती प्रस्तुत गरेको छ आगामी महिनाहरूमा केही तथ्याङ्कलाई असर गर्ने सम्भावना छ, तर म विश्वस्त छु कि यसले एक शताब्दीको सबैभन्दा बलियो आर्थिक अर्थतन्त्रलाई कमजोर पार्ने छैन ।”

ओमिक्रोनको सङ्क्रमणले गर्दा थुप्रै अमेरिकीहरूले आफ्नो रोजगारीलाई निरन्तरता दिन कठिन परेको छ । कर्मचारीहरूको अभावले गर्दा एयरलाइन्सले क्रिसमसदेखि हजारौं उडानहरू रद्द गरेका छन् । कोभिड–१९ को वृद्धिको परिणामस्वरूप सन् २०२२ को पहिलो चौमासिकमा आर्थिक वृद्धि सुस्त हुने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । 

तर एलेनले आफ्नो ह्वाइट हाउसको नियुक्तिको केही हप्तापछि मार्च २०२१ मा कांग्रेसद्वारा पारित अमेरिकी उद्धार योजनालाई अघि बढाउने देखिएको छ ।  “अमेरिकी अर्थव्यवस्थालाई कमजोर हुन नदिन उनले पहिलो कदममा खोप अभियानलाई महत्व दिएका छन् । 

एलेनले आकस्मिक कोषबाट ३५० अरब अमेरिकी डलर स्थानीय सरकारहरूलाई कोभिडविरूद्धको लडाईमा प्रयोग गर्न दिएको कुरालाई छलफलमा विशेष महत्व दिने अनुमान गरिएको छ । रासस/एएफपी

Advertisement

Advertisement