पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगमलाई अझै १५ दिनमा एक अर्ब ८८ करोड घाटा

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

Advertisement

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७२ पैसा, डिजेलमा छ रुपियाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपियाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर नौ रुपियाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपियाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपियाँ ६४ पैसा नाफा रहेको छ ।

Advertisement

Advertisement