आज (माघ ६)को राशिफलः कस्तो रहला तपाईंको शेयर कारोबार, पेशा, व्यवसाय ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको ६ गते बिहीबार, माघ कृष्णपक्षको द्वितीया तिथि उप्रान्त तृतीया तिथि ।

मेष 
पेशागत जीवन धेरै सकारात्मक हुन नसके पनि केही सुधार भने हुने छ । मनमा दुविधाका क्रम भने विद्यमान रही रहने छ । जसले गर्दा निर्णय क्षमतामा कमि रहने छ । जबजस्ती खर्च गर्नु पर्ने अवस्था आउने छ । आम्दानी भन्दा खर्च धेरै हुँदा आर्थिक असन्तुलत देखिने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
दाम्पत्य जीवनमा प्रेममय वातावरण रहने छ । भरोषा गरेका कुटुम्बबाट सहयोग नपाउने अवस्था आउने छ । साझेदारीमा गरिएका परियोजनाबाट लाभ मिल्ने छ भने पेशागत जीवन औसत खालको हुने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
सवारीसाधन सम्बन्धी विषयमा धैर्य भएर व्यवहार गर्नु होला । मनोबलमा गिरावट कायम रहने छ । पेशागत क्षेत्रमा चुनौतिको अवस्था देखिन्छ । आर्थिक अवस्था सोचे जस्तो नभए पनि थोरै सुधार आउने छ । चिसोले सताउने छ । शेयर क्षेत्रबाट केही लाभ प्राप्त हुने छ । 

कर्कट
भाग्यको साथ धेरै नभएकाले कर्म अनुसारको प्रतिफल नआउँदा निराशा मनमा आउने छ । शारीरिक स्वास्थ्यमा असन्तुलन रहने भएकाले अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । साझेदारीमा गरिएका परियोजनाहरुमा आशातित सफलता कम नै रहने छ । ब्यापार विजनेशमा रहनेहरुले धेरै जोखिम नमोल्दा नै उपयुक्त हुने देखिन्छ । शेयर बजारबाट केही फाइदा मिल्ने छ । 

सिंह
पेशागत क्षेत्रमा थप जिम्मेबारी प्राप्त हुने छ । गरेका कामहरुको उच्च समीक्षा हुने र कदर हुने छ । आर्थिक पक्ष सन्तुलिन बन्ने छ । दृढतामा बृद्धि हुने छ । उच्च मनोबलका कारण अरुको विश्वास आर्जन भइरहने छ । रोग व्याधीसँग सम्बन्धित विषयमा सतर्क रहनु होला । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

कन्या
पेशागत क्षेत्रमा सन्तुलन कायम हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा हुने बृद्धिले सबैप्रति आवश्यक व्यवहार गर्न जान्ने क्षमता रहने छ । आत्माविश्वासी स्वाभाले गर्दा चुनौतिहरु स्वीकार गर्न मन लाग्ने छ । घर घडेरीसँग सम्बन्धित विषयमा भने सतर्क रहनु होला । शेयर बजारबाट लाभ हुन सक्ने छैन् ।

तुला
खर्च निकै बढ्ने छ । आर्थिक आम्दानीमा कमि आउँदा वित्तिय पक्ष चलायमान हुन सक्ने छैन् । पेशागत जीवन रहने छ । झैझगडाको अवस्थाबाट सकभर बच्ने प्रयास गर्नुहोला । मनमा आत्माविश्वासको कमि हुने छ । साझेदारीमा गरिएका परियोजनाहरुमा अवरोधहरु देखा पर्ने छन् । शेयर बजार औसत रहने छ ।

वृश्चिक
स–सानो विषयमा पनि मन प्रफुल्ल रहने भएकाले सुख सन्तोषको आभाष भइरहने छ । पेशागत जीवन सकारात्मक हुने हुँदा पदोन्नतिको खुशीयाली प्राप्त हुने छ । परिवारका सदस्यहरुले भरोषा गर्ने छन् । समाजलाई सहयोग गरौँ गरौँ लाग्ने छ । शेयर बजारबाट केही लाभ मिल्ने छ । 

धनु 
बोलीको प्रभावकारीतामा उच्च बृद्धि हुने छ । अरुले तपाईप्रति भरोषा गर्ने छन् । परिवारमा सौहार्द वातावरण कायम रहने छ । पेशागत जीवनलाई भने जस्तो छ त्यस्तै अवस्थामा अघि बढाउने अधिकतम प्रयास गर्नु होला । अर्थात धेरै अपेक्षा भन्दा निरन्तरता नै प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट लाभ हुन सक्ने छैन् ।

मकर 
अध्ययन अध्यापन र सृजशिल क्षेत्रमा मन केन्द्रीत हुने छ । वौद्धिक व्यक्तित्व हुने छ । मेहनत र पराक्रमी स्वाभाव हुने हुँदा पेशागत जीवनमा प्रगति हुने छ । यात्रामा रोकावट आउने छ । स्वास्थ्यमा समस्या देखा पर्ने छ । शेयर क्षेत्र औसत हुने छ । 

कुम्भ 
पेशागत जीवनमा अवरोधहरु देखा पर्ने छन् । तर त्यसलाई सँहाल्न मनमा दृढता भने कामय नै रहने छ । स्वास्थ्यमा सुधार देखा पर्ने छ । परिवारको भरोषा तपाईप्रति हुने देखिन्छ । नयाँ नयाँ काम अघि बढाउनु भन्दा भइआएका कामहरुलाई निरन्तरता दिनु उपयुक्त हुने देखिन्छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

मीन
पेशागत जीवनमा धेरै प्रगतिको अवस्था नभए पनि सन्तोषजनक अवस्था कायम रहने छ । मनमा एक तमासको पिरलो रहने हुँदा मलिनता रहीरहने छ । बोलीको प्रभाव घट्न जाने भएकाले अपजस आइलाग्ने छ । यात्रामा कठिनाई झेल्नु पर्ने छ । अनावश्यक क्षेत्रमा आर्थिक क्षय हुन जाने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement