डिशहोमका विभिन्न जिल्लाका उत्कृष्ट डिलरहरुलाई पुरस्कार र सम्मान

Advertisement

काठमाडौं । डिशहोमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयहरुमा कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कृत गरेको छ । डिशहोम तथा डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको उत्कृष्ट सेवावापत उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । 

सम्मानित तथा पुरस्कृत हुनेहरुमा गण्डकी अञ्चलमा पोखराका दीप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङजाका रञ्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्स छन् । उनीहरुले उपहारस्वरुप एक एक थान ल्यावटप प्रदान गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

त्यस्तै, बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाईहरुलाई कम्पनीका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले प्रसंशापत्रसहित सम्मान प्रदान गरेका थिए । उक्त कार्यक्रममा गोरखा, लम्जुङ, स्याङजा, तनहुँ र कास्कीका डिष्ट्रिब्युटर, डिलर, कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । 

डिशहोम फाइबरनेटले सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क सुविधादेखि छसय एमबीपीएससम्मको प्याकेज उपलब्ध छ । इन्टरनेट जडान र जडानपछि उत्कृष्ट अनुभव गर्न सकिने भन्दै डिशहोमले आफ्नो इन्टरनेट सेवाप्रति आकर्षण र विश्वास बढ्दै गएको जनाएको छ । 

Advertisement

Advertisement