आज रातिबाट काठमाडौं उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली

Advertisement

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबारको बैठकले काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जोर गते अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गते अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

Advertisement

कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिएको भन्दै स्थानीय प्रशासनले यस्तो नियम लागू गरेको हो । यद्यपि अहिलेको भेरियन्टले पहिला जस्तो मानिसहरुको मृत्यु भने भएको छैन् । 

यद्यपि औषधि, स्वास्थ्य सामग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षीका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन् ।

यस्तो छ स्थानीय प्रशासनले तोकेको सवारी साधन सञ्चालनको मापदण्डः

१. जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने,

२. सिट क्षमताभन्दा बढी यात्रु नराख्ने,

३. सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,

४. सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,

५. चालक तथा सहचालकले मास्क र फेस(सिल्ड लगाउनु पर्ने,

६. सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने,

७. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैया लिई मास्क उपलब्ध गराउनु पर्ने,

८. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,

९. लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरुदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने,

१०. लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

११. राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।

Advertisement

Advertisement