एनआईसी एशिया क्यापिटलको खुद नाफा पाँच करोड ४९ लाख

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आर्थिक २०७८–७९ को दोस्रो त्रैमाससम्ममा अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा पाँच करोड ४९ लाख ६९ हजार रुपियाँ खुद नाफा आर्जन गरेको जनाएको छ । 

यो वृद्धि गत बर्षको सोही अवधिको तुलनामा ७५.५९ प्रतिशतले हो । खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी बढेर ५४.९७ रूपियाँ कायम भएको छ । 

Advertisement

गएको पुस मसान्तसम्म पाँच लाख २९ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा एक नम्बर कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सफल यस कम्पनीले समग्र बजारको ११ प्रतिशत हिस्सा ओगटेको दावी गरेको छ । 

Advertisement

Advertisement