नेशनल माइक्रोफाइनान्सको साधारणसभाले पारित गर्यो ४५ प्रतिशत लाभांश प्रस्ताव

Advertisement

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बिहीबार सम्पन्न आठौँ वार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट ४५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित  गरेको छ । 

भौतिक तथा भर्चुअल रुपमा धादिङमा सम्पन्न सभाले गएको आर्थिक बर्षको बार्षिक प्रतिवेदन, गत असारसम्मको आयव्यय विवरण स्वीकृत गरेको हो । 

Advertisement

यो बोनस शेयरपछि संस्थाको चुक्ता पूँजी ५८ करोड ६७ लाख पुग्नेछ । सभाले संस्थाको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पुर्याउने प्रस्ताव पनि पारित गरेको छ । 

हाल सय वटा शाखामार्फत करिव एक लाख ४३ हजारभन्दा बढी ग्राहकले लघुवित्त सेवा दिइरहेको यस संस्थाले १० अर्ब ५३ करोड रूपियाँ कर्जा लगानी गरेको छ । 

Advertisement

Advertisement