रिलायन्स लाइफका सीईओ पोखरेलले अडान नछोडेपछि पाँच लाख नै पारिश्रमिक कायम

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले मासिक पाँच लाख रूपियाँ नै तलब भत्ता पाउने गरी सहमति भएको बीमा समितिले जनाएको छ । 

समितिले पाँच लाख रुपियाँ पारिश्रमिक धेरै भएको भन्दै पोखरेलको सीईओ नियुक्ति स्वीकृत गर्न ढिलाई गर्दै आएकोमा उनले अडान नछोडेपछि समिति अन्ततः सोही पारिश्रमिकलाई मान्न तयार भएको हो । 
 
बीमा समितिका एक उच्च कर्मचारीले कर्पोरेट नेपालसँग भने, ‘अहिले बीमा क्षेत्रमा पूरानो सीईओले खाईपाई आएको सुविधा घट्नु हुन्न भन्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिलाइन्सको नयाँ सीईओको पनि शर्त मिलाउनु परेको हो ।’ 

Advertisement

रिलायन्स लाइफ छाडेर नेपाल लाइफ गएका प्रवीणरमण पराजूलीले पनि मासिक पाँच लाख रूपियाँ तलब सुविधा लिँदै आएका थिए । पराजुलीले खाईपाई आएको पारिश्रमिकभन्दा घटेर काम गर्न पोखरेलले आनाकानी गरेपछि समिति बाध्य भएर उनको अडानअनुसारको पारिश्रमिक स्वीकृत गर्न तयार भएको हो । 

यसअघि पोखरेलले कर्पोरेट नेपालसँगको कुराकानीमा वातावरण मिलेसम्म आफूले रिलायन्स लाइफमै आवद्ध हुने बताएका थिए । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले पनि सीईओ पोखरेलको व्यवस्थापकीय नेत्तृत्वले कम्पनीले नयाँ गति दिने विश्वास लिएको छ । 

Advertisement

Advertisement