राप्रपाको विचार र पहिचानमाथि आयोगको अर्थपूर्ण अंकुश, लिङदेनको लोकप्रियता रोक्ने प्रयास ?

Advertisement

काठमाडौं । युवा नेता राजेन्द्र लिङदेनको लोकप्रियता बढ्सँगै उनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विचार र पहिचानमा अर्थपूर्णरुपमा अंकुश लगाउन लागिएको छ । 

राप्रपा सुरुदेखि नै राजसंस्थासहितको प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । निर्वाचन आयोगले संविधानलाई देखाउँदै उसको सिद्धान्त र चिन्हहरु परिवर्तन गर्न निर्वाचन आयोगले पत्र लेखेपछि अहिले त्यसको आलोचना भइरहेको छ । 

Advertisement

पछिल्लो समयमा राजसहितको प्रजातन्त्र र नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने पक्षमा ठूलो जनमत देखिएको छ । सोही एजेण्डालाई बोकेका लिङदेन राप्रपाको अध्यक्ष भएपछि ती एजेण्डामा झन धेरै आकर्षण बढेर गएपछि आयोगले राप्रपाको विधान संशोधन गरेर राजसंस्था, हिन्दुराज्य, झण्डाबाट गाई हटाउनुपर्ने शर्त अघि सारेको छ । 

यी कुराहरु गर्न सके राप्रपाको पहिचान कमजोर हुने र लिङदेनको लोकप्रियतालाई रोक्न सकिने गणतन्त्रवादी पार्टी र नेताहरुको विश्वास रहँदै आएको थियो । राप्रपालाई लेखिएको पत्र सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जालमा आयोगको आलोचना भइरहेको छ । यस निर्णयबाट अब हुने भनिएको स्थानीय र संसद निर्वाचनसमेत अन्योलमा पर्नसक्ने अडकलसमेत गरिएको छ ।

Advertisement

Advertisement