माछापुच्छ्रे बैंकसहित चार कम्पनीको १ करोड ३४ लाख कित्ता बोनस नेप्सेमा सूचीकृत, कसको कति ?

Advertisement

काठमाडौँ । विभिन्न चार कम्पनीको १ करोड ३४ लाख ९१ हजार ८ सय ८९ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । माछापुच्छ्रे बैंकसहित आशा, साधना र गुराँस लघुवित्त     वित्तीय संस्थाको उक्त शेयर गत विहीबार नेप्सेमा सूचीकृत भएको हो । 

यसैक्रममा माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३.३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यस्तै आशा लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता शेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । 

त्यसैगरी साधना लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता शेयर पनि बिहीबार नै सूचीकृत भएको हो । 

नेप्सेका अनुसार गुराँस लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १ लाख ४१ हजार कित्ता शेयर पनि विहीबार सूचीकृत भएको छ । 

Advertisement

Advertisement