अनलाइन कक्षाका लागि मासिक २८८ रुपियाँमै डिशहोमको इन्टरनेट

Advertisement

काठमाडौं । नेपालमा कोभिड १९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् ।

यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबरनेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । 

Advertisement

यसप्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपियाँ, दुई जना विद्यार्थीका लागि मासिक ४८८ रूपियाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपियाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । 

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ ।  

अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, दुई जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ । 

यसबारे थप जानकारी लिन हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’को सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement