कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाबाट सेवा शुरु

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंककोे तनँहु शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरी सेवा शुरु गरिएको छ । 

बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले आज संयुक्त रुपमा दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा उद्घाटन गरिएको हो । 

Advertisement

बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फतहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement