आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ मर्स्याङदी सेमीफाइनमा

Advertisement

काठमाडौं । बीसौं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । 

Advertisement

मनाङको जितमा रुपेश केसी र ओला वलीले समान एकएक गोल गरे । आजको खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए । 

यसअघि मनाङले ६ पटक उपाधि जितिसकेको छ । अब मनाङ मस्याङदीले अन्तिम चारमा एपीएपफसँग प्रतिष्पर्धा गर्नेछ । सोमबार मछिन्द्र र डिफेन्डीङ च्याम्पियन संकटा भिड्ने भएका छन् । 

प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपियाँ र उपविजेताले पाँच लाख एक हजार रुपियाँ प्राप्त गर्नेछन् । माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

Advertisement

Advertisement