आज (माघ १०)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको १० गते सोमबार, माघ कृष्णपक्षको सप्तमी तिथि ।

मेष 
भाग्यको साथ रहेका कारण चालेका कदमहरु सफल हुने छन् । पेशागत जीवनबाट लाभ मिल्ने छ । पारीवारिक जीवनमा सम्बन्धहरुमा क्रमशः सुधारका संकेतहरु देखिने छ । बोलीमा भने कठोरता देखिने भएकाले संयमित रहनु होला । शेयर बजार फाइदादायी बन्ने छ । 

Advertisement

वृष
मनमा नकारात्मक विचारहरुले सताउने छ । सकारात्मक भन्दा नकारात्मक विचारका कारण उत्साहको कमि देखिने छ । पेशागत जीवनमा केही सुधार आउने छ । यसअघि देखिएका अवरोधहरु सुधारतर्फ जाने छन् । भाग्यहिनताका कारण संघर्ष भने धेरै गर्नु पर्ने हुन्छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
आम्दानीमा गिरावट देखा पर्ने छ । व्यक्तित्वमा दृढता आउने भएकाले कठिन परिस्थितिसँग पनि जुध्न तागत भने प्राप्त हुने छ। पेशागत जीवनमा आँकmन नै नगरिएका विभिन्न खाले समस्याहरु देखा पर्ने छन् । विशेषगरी अफिसियल झैझगडामा फसिने भएकाले संयमित भई पाइला चाल्नु पर्ने देखिन्छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् । 

कर्कट
स्वास्थ्यमा समस्या आउने छ । शारीरिक कमजोरी देखिने तथा मनोबलमा कमि आउने छ । पेशागत जीवन औसत खालको रहने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको सल्लाहअनुसार काम गरेमा सफलता प्राप्त हुने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने समय देखिन्छ । शेयर क्षेत्र औसत रहने छ । 

सिंह

आम्दानीमा बृद्धि हुने हुँदा त्यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । नयाँ सवारीसाधन खरिद गर्ने समय सक्रिय रहेको छ । पेशागत क्षेत्र अनुकुल रहने छ । बौद्धिक क्षेत्रमा कदर हुने र नयाँ अवसर प्राप्त हुने छ । मनमा अलि दुविधात्मक विचारहरु आउने हुँदा अन्योलता कायम रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कन्या
नयाँ नयाँ अवसर प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । आफुले खेलेको भुमिकाबाट कार्यम्पादन सफल हुने र अरुले कदर गर्ने छन् । नोकरी तथा व्यापार दुबैमा लाभ मिल्ने छ । बोली प्रभावकारी हुने हुँदा अरुको विश्वास छिट्टै आर्जन गर्न सकिने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

तुला
आम्दानीमा बृद्धि हुने छ भने त्यसले मनोबल उच्च बनाउने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । मनमा सुख सन्तोषको भने अभाव भइरहने छ । विदेश यात्रामा जाने विषयमा कठिनाईहरु देखा पर्ने छन् । व्यापार बिजनेशमा सुधार आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
पेशागत जीवनमा प्रतिकुलताका क्रमहरु देखा पर्ने छन् । पारीवारिक जीवनमा पनि अन्योलता र उकुसमुकुसको वातावरण कायम हुने छ । बन्धु बान्धवहरुसँग झैझगडाको अवस्था आउने छ । भाग्यहिनताका कारण आँटेका कामहरु पुरा हुन कठिन हुने भएकाले धेरै जोखिमपूर्ण कामहरु नगर्दा ठिक हुने छ । व्यक्तित्वमा भने दृढता कायम रहने छ । शेयर क्षेत्रमा धेरै जोखिम नलिनु उपयुक्त देखिन्छ । 

धनु 
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा सकारात्मक सुधार आउनुका साथै भुमिकामा पनि बृद्धि हुने छ । बोलीको प्रभाव बृद्धि हुने हुँदा अरुको मन जित्न सकिने छ । यात्रामा कठिनाईको अवस्था आउने भएकाले धैर्यतासाथ मात्र यात्रा गर्नु उपयुक्त हुने छ । शेयर बजार औसत खालको रहने छ । 

मकर 
आम्दानीमा बृद्धि हुन्छ भने खर्चको मात्रामा पनि भारी बृद्धि हुने छ । पैतृक धन सम्पत्तिको परिचालनबाट सकारात्मक अवस्था आउने छ । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले प्रतिष्पर्धात्मक क्षमता उच्च रहने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । शेयर क्षेत्रबाट सोचे अनुसार लाभ हुने छैन् । 

कुम्भ 
आम्दानीमा बृद्धि रहने छ । पेशागत जीवनमा भने उच्च सतर्क भएर कार्य सम्पादन गर्नु पर्ने देखिन्छ । व्यापारमा धेरै लगानी बढाउने भन्दा भइरहेका कामलाई व्यवस्थापकीय दक्षता अनुसार चुस्त दुरुस्त बनाउँदा नै उपयुक्त होला । शेयर बजारबाट हल्का लाभ मिल्ने छ ।

मीन
मनोबलमा गिरावट आउने छ । जसले गर्दा असफल हुन्छु कि जस्तो विचार मनमा आइरहने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले सताउने छ । निर्णय क्षमतामा कमि हुने हुँदा अरुले दुविधाले भरिएको व्यक्तित्व आभाष गर्ने छन् । पेशागत जीवनमा आरोप प्रत्यारोपको अवस्था आउने छ । धेरै महत्वाकांक्षा नलिनु नै उपयुक्त होला । शेयर क्षेत्र औसत खालको रहने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement