एनएमबिले ६.०४ प्रतिशतले खुद नाफा बढायो, तर प्रतिशेयर आम्दानीमा भने गिरावट

Advertisement

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब ७१ करोड १५ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । बैंकको सोमबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा गत बर्षको सोही अवधिभन्दा ६.०४ प्रतिशत बढेको देखिएको हो । गत बर्ष उक्त अवधिमा बैंकले एक अर्ब ६१ करोड ३९ लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद नाफा केही बढेको देखिए पनि प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपियाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपियाँ ९६ पैसा कायम भएको छ । 

Advertisement

गएको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपियाँ रहेको छ। समीक्षा अवधिमा एनएमबिको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.०६ प्रतिशत बढेको छ। यस अवधिमा बैंकको सञ्चालन मुनाफा भने ५.३८ प्रतिशत बढेको छ। 

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपियाँ ८० पैसा रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेको छ भने निक्षेप १०.४६ प्रतिशत र कर्जा १३.९९ प्रतिशत बढेको छ। तर जगेडा कोष ११.२७ प्रतिशत घटेको छ । 

Advertisement

Advertisement